देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहेमा संगीत बजाउँदा अफगानिस्तामा तीनजनाको हत्या

देशान्तर

नांगरहार– अफगानिस्तानमा बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेका छन् ।

पूर्वीअफगानिस्तानस्थित नांगरहार प्रान्तको शाम्सपुर मार घुन्दी गाउँमा आक्रमणकारीहरुले बिहेमा रमाउँदै गरेका तीनजनाको हत्या गरिदिएका हुन्।

शुक्रबार राति भएको सो घटनामा अन्य दुई व्यक्ति गम्भीर घाइते भएको र घटना तालिवानको नाममा गराएको बताइएको छ । तालिवानले घटनामा संलग्न तीनजनामध्ये दुईलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

समाचार एजेन्सी एएफपिका अनुसार पक्राउ परेका व्यक्तिले आफूहरु इस्लामिक एमिराट भएको र इस्लामिक कानुनको उल्लंघन गर्दा आक्रमण गरेको बताएका छन् । एएफपिका अनुसार पीडित परिवारले बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आक्रमण गरेको बताएका छन् ।

सन् १९९६ देखि २००१ सम्म तालिवानले गरेको शासनकालमा अफगानिस्तानमा संगीतमाथि प्रतिबन्ध लगाइएको थियो । यद्यपि तालिवान नेतृत्वको वर्तमान सरकारले भने संगीतको विषयमा कुनैपनि निर्णय नलिएको बताइको छ ।

इस्लामिक कानुनले संगीत र मनोरन्जनजस्ता गतिविधिलाई व्याख्या नगरेको बताइन्छ ।