देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार महासंघ युकेद्वारा गोर्खा सत्याग्रह आमरण अनसनप्रति ऐक्यवद्धता जाहेर

देशान्तर

लण्डन। समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहितका अभियन्ताहरुको आमरण अनसनप्रति नेपाल पत्रकार महासंघ युकेले पूर्ण ऐक्यवद्धता जाहेर गरेको छ। महासंघका अध्यक्ष बिपिन निरौला र महासचिब कर्मा पहाडी शेर्पाद्वारा जारी एक प्रेस विज्ञप्तीमा उक्त ऐक्यवद्धता जाहेर गरिएको हो।

प्रेस विज्ञप्ती जस्ताको तस्तै ः

प्रेस विज्ञप्ती

समान अधिकारको मागसहित आन्दोलनरत गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहितका अभियन्ताहरुको आमरण अनसनप्रति नेपाल पत्रकार महासंघ युकेपूर्ण ऐक्यवद्धता जाहेर गर्दछ।

सबै खाले भेदभाव र असमानताको विरुद्धभूतपूर्व गोर्खाहरुले आमरण अनसन बसेको स्थलमा बेलायती प्रहरीले मंगलबार विना पूर्व सूचना गरेको हस्तक्षेपप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवास नजिकैआमरण अनसनमा बसेका गोर्खाहरुको त्रिपाल प्रहरीले जवर्जस्तीहटाउनु, अभद्र व्यवहार गर्नुनिन्दनीय र अमानवीय छ। यस्तो कदमले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मौलिक हकको मात्रै होइन, २०७ वर्षसम्म गोर्खा सैनिकहरुले ब्रिटेनप्रति गरेको वफादारीता र त्यागको खिल्लि उडाएको हाम्रो ठहर छ।

नेपाल सरकार र बेलायत सरकारबीच तत्काल कूटनीतिक पहल गरी गोर्खा समस्याको स्थायी समाधानमा हामी हार्दिक अनुरोध गर्दछौ।यसका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र बेलायतस्थित सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउन चाहन्छौ।

बिपिन निरौला
अध्यक्ष

कर्मा पहाडी शेर्पा
महासचिव

नेपाल पत्रकार महासंघ युके
१२ अगस्ट २०२१