देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपि कोईराला फाउन्डेसन कार्यालय अमेरिकामा विशेष भेटघाट

देशान्तर

न्युयोर्क, गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरले विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुलाई स्वागत गरेको छ । फाउण्डेशनको निमन्त्रणमा न्युयोर्क सिटी डिस्ट्रिक्ट २५ का सिटी काउन्सिलका प्रत्याशी शेखर कृष्णन्सँग सो अवसरमा आगामी कार्ययोजना र आपसी सहयोगका विषयमा छलफल पनि भएको थियो ।

No description available.
शेखर कृष्णन्लाई फाउन्डेशनका अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरे, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुँवर क्षेत्री तथा नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमु, युनाईटेड शेर्पा ऐसोसियसन अमेरिकाका उपाध्यक्ष ई. टेम्बा शेर्पा, फिप्नाकी कोषाध्यक्ष चेन्जोम लामा, नेका युवा नेता राजु रौनीयारले खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए ।

No description available.

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष घिमिरेले कृष्णन् जस्तो गनशील र जुझारू भारतीय मुलका अमेरिकी डेमोक्रेटिक पार्टीका युवा नेताले न्युयोर्क डिस्ट्रिक्ट–२५ को नेतृत्व गर्ने निश्चित भैसकेको (प्राईमरी जितिसकेको र डेमोक्रेटिक वाहुल्य डिस्ट्रिक्टमा फाईनल निश्चित नै भएको परीवेश)मा नेपाली लगायत सम्पूर्ण दक्षिण एशियाली मुलका अमेरिकीहरु अत्यन्त उत्साहित भएको बताए । उनले हातेमालो र सहकार्य गर्दै अगाडी वढ्ने पनि उल्लेख गरेका िथए ।
नेपाली लगायत समुदायवासीका विविध समस्या र सो को समाधानको वारेमा कृष्णन्को साथ र सहयोगको अपेक्षा पनि गरेका थिए ।

No description available.
फाउन्डेशनका कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले वाईडेन सरकारको ईमिग्रेसन नीति, टिपिएस, एसाईलम लगायतमा सरकार र माताहातका निकाय समक्ष पीडितहरूका आवाजे जनप्रतिनिधीहरूले उठाउने र समस्या समाधान चाँडै हुने गरि काम गर्न आग्रह गरेका थिए ।
कार्यसमिति सदस्य ध्रुव क्षेत्री कुँवरले नेपाली लगायत दक्षिण एशीयाली सामुदायिक भवन निर्माणमा लागि पर्न सुझाए । कार्यसमिति सदस्य प्रेम क्षेत्री अधिकारीले कृष्णन् र नेपालीको भावनात्मक सम्बन्ध रहेको र सहकार्य गरी अगाडि बढ्दा आपसी भाईचारा सम्बन्ध अझ मजवुत हुनेमा जोड दिए ।

No description available.
कार्यसमिति सदस्य राजेश आचार्यले यो डिस्ट्रिक्टमा रहेको नेपाली समुदाय विभिन्न भाषा र संस्कृतिका धनी भएका र उनीहरूका आवाज सुनिदिन आग्रह गरेका थिए ।
नेपाल भिजन ईन्क अध्यक्ष मोहनकृष्ण श्रेष्ठले यहाँ खुलेका विभिन्न संघसंस्थाहरूले नेपाल र अमेरिकी जनताका आवश्यकता र सहयोगमा केन्द्रीत भै काम गरेको र आईपर्ने विभिन्न समस्या समाधानमा आगामी दिनहरूमा वहाँजस्तो काउन्सिलमेनको अहम् भूमिका हुनेमा जोड दिए ।
घ्याल्सुम्दो सेवा समाज अमेरीकाकी अध्यक्ष निमा ल्हमुले नेपाली व्यवसायीहरू कोभिडका कारणले अझैपनि थलीएको, पिपिपि लोन लगायतका सुविधाहरू पाउन समेत कतिपय कारणले अत्यन्त कठिनाई भएको वर्तमान परिस्थितिमा उनको सहयोग रहनेमा आफु विश्वस्त रहेको बताए ।

No description available.
शेर्पा किदुगका उपाध्यक्ष ई. टेम्बा शेर्पाले नेपालीहरू नैतिक र ईमान्दाररूपमा काममा खटिईरहँदा आईपर्ने कतिपय कानुनी लगायत प्रशासनिक अप्ठ्याराहरु लाई सहज ढंगले समाधान खोज्न जरूरी रहेको र सो भुमीका खेल्न सुझाव दिए ।
फिप्नाकी कोषाध्यक्ष चेन्जोम लामाले आफुहरु कृष्णन्जस्तो सवल युवा नेतृत्ववाट उत्साहित भएको र मिलेर अगाडि बढ्ने बताइन् । युवानेता राजु रौनीयारले कतिपय ईमिग्रेशनका विषय जटील र झन्झटीलो भएको र समाधानका विषयमा जोड दिन सुझाव दिए ।

No description available.
आफ्ना भनाईहरू संक्षेपमा राख्दै भावी डिस्ट्रिक्ट–२५ का सिटी काउन्सिलमेन शेखर कृष्णनले आफुलाई कार्यालयमै वोलाई स्वागत एवं न्यानो आतिथ्यता प्रदान गरेकोमा फाउन्डेशन परीवारजनमा एवं उपस्थित सबैलाई धन्यवादज दिएका थिए ।
उनलेभ ने ‘तपाईंहरूकै माया र भोटले म सिटि काउन्सिल को ढोकामा पुगेको र आगामी साथ र सहयोगमा सिटीहलमा पुगी तपाईंहरूका आवाज वुलन्द गर्नेछु ।’No description available.
आगामी दिनहरूमा नेपालजस्तो माईनरीटी समुदायलाई आईपर्ने जुनसुकै समस्यामा पनि आफूसँगै रही समाधान खोज्न लागि पर्नेमा जोड पनि दिए ।

नेपाल र भारतको घनिष्ठ र भाईचारा सम्बन्धलाई औंल्याउँदै आफु दक्षिण एसियाई मुलुकका आप्रवासीसँग विशेष हातेमालो गर्दै आगामी दिनहरूमा अगाडि बढ्न ईच्छुक रहेको पनि योजना सुनाए ।
महिनामा कम्तीमा १ पटक नेपाली लगायतका विभिन्न समुदायसँग वैठक गरी आपसी छलफल गर्न आफु तैयार रहेको प्रष्ट पारेका थिए ।

No description available.