देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकामा कलाकार र नेतालाई स्वागत

देशान्तर

No description available.

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा विभिन्न व्यक्तिहरुलाई स्वागत गरिएको छ ।

न्यूयोर्कमा रहेको कार्यालयमा फाउण्डेशन अमेरिका अध्यक्ष सोमनाथ घिमिरे र उपाध्यक्ष शुवर्ण लामाले वरिष्ठ वाद्यवादक नुच्चे नारायण डंगोल, वरिष्ठ गायक डा. महेश राज ठाकुर, युवा नेताहरु प्रकाश ज्ञवाली, गणेश श्रेष्ठ र किशोर खतिवडालाई स्वागत गर्नु गरेका हुन् ।

कार्यक्रममा नेपाली भाषा, कला, संस्कृति, गीत र संगीत अमेरिकामा कसरी संरक्षण, प्रवर्दन र प्रचार गर्ने भन्नेमा र सामाजिक विषयमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष घिमीरेले अमेरिकाको न्युयोर्क राज्य र स्थानीय सरकारसँग सहकार्य गर्दै सबै नेपाली एकजुट भएर अगाडी बढेमा समस्या समाधानका लागि सार्थक पहल सम्भव हुने बताए ।

No description available.

वरिष्ठ गायक एंव दुई पटक राष्ट्रीय पुरष्कारवाट सम्मनित डा.महेशराज ठाकुरले, आफुले अंग्रेजीमा पि.एच.डी गरे पनि पहिले आफू कलाकार नै रहेको बताए । उनले नेपाली गीत संगीत देश विदेश सबै तिर संरक्षण, प्रवर्दन र प्रचार गर्ने सबैको दायित्व रहेको उल्लेख गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता प्रकाश ज्ञवालीले यस फाउण्डेशनले न्युयोर्कको व्यस्तता बावजुद समाज प्रति समर्पित भएर गरेको कार्यको उच्च मुल्यांकन गरेकोमा धन्यवादा दिए ।

No description available.

अध्यक्ष घिमिरेसँग विराटनगरमा हुदां २०४५ सालमा ने.वि. संघमा आबद्ध भएर प्रजातन्त्रको आन्दोलनमा होमिएको स्मरण गराएका थिए । वरिष्ठ वाद्यवादक नुच्चे नारायण डंगोलले नेपाली कला संस्कृति अमेरिकामा संरक्षण, प्रवर्दन र प्रचार गर्न सधैंभरि तयार रहेको पनि बताए ।
चियापान गर्दै कार्यक्रमको अन्त्यमा फाउण्डेशन का उपाध्यक्ष सुवर्ण लामाले नेपाल र नेपालीको हितका लागी यसरी छलफल गर्न पाएकोमा आफु हर्षित भएको र आगामी दिनमा पनि फाउन्डेशनले आवश्यक परेमा सहयोग गर्ने पनि बताए ।

No description available.