देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए दशौं सम्मेलन अक्टोबर २३ देखि २५ सम्म

देशान्तर

गैरआवासीय नेपाली संघ (एनआरएनए) दशौं सम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा गरिने भएको छ ।

संघको शनिवार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकले दशौं सम्मेलनको मिति तय गरेको हो । सम्मेलन पहिलो पटक अनलाईन प्रमाणी मार्फत नेतृत्वहरु चयन गर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता डिबि क्षेत्री जानकारी दिए ।

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले निम्नानुसारको निर्णय गरेको छ ।
• आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय भएको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिनेछ ।
• अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ । यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।
• निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।
• गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ ।
• बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।
डिबी क्षेत्री
प्रवक्ता, गैरआवासीय नेपाली संघ
१७ जुलाई २०२१