देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा दोहोरो अङ्कले वृद्धि

देशान्तर

काठमाण्डौ – गएको बुधवार र बिहीवार घटेको शेयर बजार आइतवार भने २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आइतबार आज २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ ।

आइतबार हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।

आइतबार दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । आज नेपाल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।

आज सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य झन्डै साढे चार प्रतिशतले घटेको छ ।