देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक सोमबार २०.७१ अंकले बढ्यो

देशान्तर

काठमाडौं – नेप्से परिसूचक सोमबार २०.७१ अंकले बढेको छ ।

आज शून्य दशमलव ७६ प्रतिशतले बढेको बजार २७५९.२१ विन्दुमा रोकिएको छ ।

आज भएको १ करोड ९० लाख ५६ हजार २३६ कित्ताको करोबारमा ९ अर्ब ५७ करोड ६३ लाख ७१ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज दर्जन बढी कम्पनीको शेयर मूल्य उच्च दरले बढेका छन् । आज साविक झै रु रु जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने समता लघुवित्त, राधी हाइड्रो पावरलगायत अन्य १० कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

आज पुर्नबीमा कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ७७ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, नेपाल टेलिकमको शेयर कारोबार ४२ करोड रुपैयाँ बराबरको तथा शिखर इन्स्योरेन्सको शेयर कारोबार ३१ करोड रुपैयाँ बराबरको भएको छ ।

आज नेप्से परिसूचकको उप–समूहमा होटल तथा टुरिजम, विकास बैंक र उत्पादन समूहको शेयर मूल्य घट्न पुगेको छ भने हाइड्रोपावर र अन्य कम्पनी समूहले आज सबैभन्दा धेरैले बढेको छ ।