देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० अंकले बढ्यो नेप्से कारोबार रकम उत्साहजनक

देशान्तर

काठमाडौं – कारोबारको अन्तिम दिन नेप्से परिसूचक १०.१३ अंकले बढेको छ ।

आज दोहोरो अंकलाई टेकेको नेप्सेमा कारोबार संख्या र रकम भने उत्साहजनक वृद्धि भएको छ ।

आज धरै समयपछि शेयर किनबेच संख्या २ करोड नाघेको छ ।

आज २ करोड १९ लाख २० हजार ६२२ कित्ताको किनबेचमा ७ अर्ब ११ करोड १५ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज करिब १५ वटा कम्पनीको शेयर मूल्य उच्च दरले बढेका छन् । आज सबैभन्दा बढी दिव्यश्वरी हाइड्रो पावरका शेयर धनीले कमाएका छन् । दिव्यश्वरीको आज १० प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसैगरी, आज समता लघुवित्तको शेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ । यस्तै, विसाल बजार, रुरु जलविद्युतलगायतका अन्य १० भन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

आज पनि नेपाल पुर्नबीमा कम्पनीको शेयर कोरोबार सबैभन्दा धेरैले भएको छ । पुर्नबीमाको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, नेश्नल हाइड्रो कम्पनीको शेयर कारोबार २५ करोड रुपैयाँ बराबर भएको छ ।

आज व्यापार, होटल्स एण्ड टुरिजम, उत्पादन र लगानी समूह घटेको छ भने अन्य सबै उप समूहका सूचक बढेका छन् । आज सबैभन्दा बढी फाइनान्स समूहले ४ प्रतिशतभन्दा बढीले कमाएको छ ।