देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनलाइनबाट श्रम स्वीकृति आजदेखि

देशान्तर

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको छ ।

अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले आजदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो व्यवस्थासंगै म्याद सकिएका जो सुकैले श्रमका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको छ ।
यसका लागि वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउन मिल्ने व्यवस्था पनि गरिएको छ ।