देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानको श्रम स्वीकृति लिन विभागमा दबाव

देशान्तर

नेपाल सरकारले अध्ययन तथा रोजगारीका लागि नेपालबाट विमान चार्टर गरेर जापान जान दिने निर्णय गरेपछि वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति माग गर्नेहरुको दवाब बढेको छ ।

नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत फागुन २९ गतेको बैठकले अर्को सूचना नभएसम्मका लागि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णग गरेको थियो । त्यसको भालिपल्ट फागुन ३० देखि विभागले कसैलाई पनि श्रम स्वीकृति दिएको छैन ।
वैदेशिक रोजगार विभाग आफ्ना कर्मचारीलाई तलव प्रदान गर्न र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई नीतिगत सुझाव दिने विषयमा गृहकार्य गर्न केही समय यता खुलेपनि श्रम स्वीकृति दिने विभागको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय काठमाडौं दुई महिनादेखि निरन्तर बन्द रहेको छ ।
रोजगारीका लागि जापान जान चाहने करिब २० जना युवामध्ये केही युवा बागलुङ जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. सुर्य पाठकमार्फत श्रम स्वीकृति माग गर्दै बिहीबार विभागका महानिर्देशक कुमार दाहालको कार्यकक्ष पुगेका थिए । सांसद पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

युवाहरुले श्रम स्वीकृतिका लागि सांसदमार्फत दवाब दिएपछि महानिर्देशक दाहालले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट श्रम स्वीकृति दिनु भन्ने चिठी लेखाएर ल्याए आफुले एक मिनेट ढिला नगरी श्रम स्वीकृति दिने बताएर श्रम स्वीकृति माग्न आएकाहरुलाई फर्काएका थिए ।
महानिर्देशक दाहालले रोजगारीमा जान चाहनेको दवाब भएपनि उच्चस्तरीय समितिको नयाँ निर्णय नआएसम्म रोकिएको श्रमस्वीकृति खुलाउन नसकिने बताए ।