देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनपीसीसी यूकेद्वारा समस्यामा परेका विद्यार्थीहरुलाई खाध्यान्न सहयोग

देशान्तर

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)ले विभिन्न अभाव झेलिरहेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई खाध्यान्न सहयोग गरेको छ। कोरोना माहामारीलाई नियन्त्रण गर्न ब्रिटिश सरकारले लागु गरेको लकडाउन र नेपालको लकडाउनको कारण घर जान नपाएर बेलायतमा नै समस्या भोगीरहेका विद्यार्थीहरुलाई खाध्यान्न सहयोग गरेको हो ।

एनपीसीसी यूकेका अध्यक्ष युवराज गुरुङ्गका अनुसार लण्डन देखि घण्टौं टाढा रहेका ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’मा अध्ययनरत नेपाल विद्यार्थीहरुलाई खाध्यान्न सहयोग गरिएको हो । उक्त युनिभर्सिटीमा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको अध्यक्ष गुरुङ्गले बताए । उक्त कार्यका लागि गुरुङ्ग आफै उपाध्यक्ष सुवाश पोख्रेल, कोषाध्यक्ष नोर्बु शेर्पा र सह–महामन्त्री इन्द्र हुङ्ग लिङ्ग्देन उपस्थिति भएर वितरण गरेका थिए ।

सो कार्यका लागि अध्यक्ष गुरुङ्गका साथै एनपीसीसी यूकेका अन्य पदाधिकारी, सदस्य र शुभेच्छुकहरुले नगद सहयोग गरेका थिए । जसमा सुरज केसी, महेश दाहाल, नोर्बु शेर्पा, सुर्य तामाङ, आलेख चौहान, इन्द्र हाङ्ग लिङ्ग्देन, तर्क जङ्ग गुरुङ्ग, केशब भण्डारी, विज्ञान प्रसाई, सुनिल गुरुङ्ग, कोपिला सुब्वा, सन्जिब राई, शेर सुनार, रेशम बस्याल, राजन खकुराल, क्षमता ढकाल, विश्व आदर्श पण्डित, मोहन कार्की, रवि उप्रेती, रितेश पाण्डे, सुर्य नेम्वाङ, युवराज सिंह, नरकुमारी लिम्बु, भिमराज राई, चेतनाथ खनाल, बिनोद मोक्तान, इन्द्रमान गुरुङ्ग, राजकुमार सुनार, प्रवेश केसी, रोमियन केसी लिम्बु लगायत छन् । सहयोगी सबैलाई अध्यक्ष गुरुङ्ग र एनपीसीसी यूकेले हार्दिक धन्यबाद ब्यक्त गरेका छन् ।