देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगन्जमा संक्रमितसँग भेटेका तीन सयको ‘कन्ट्याक्ट ट्रेसिङ’

देशान्तर

काठमाडौं – १६ जना कोरोना संक्रमित भेटिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका-८ जोलहनपुरवाका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा कोरोना देखिएकोमा थप १५ व्यक्तिमा संक्रमण फैलिएको आइतबार पुष्टि भएको हो ।

संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुदसार उनीहरू एक महिनायता स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्छ ।

एकै दिन यति धेरै संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । चिकित्सकले यो घटनापछि नेपालगन्जमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेको र संक्रमण तेस्रो चरणमा प्रवेश गरेको जनाएका छन् ।

लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । जसकारण बाँकेसँगै छिमेकी जिल्ला पनि उच्च जोखिममा परेका छन् ।