देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिएजेन्टको अभावमा चितवनमा कोरोनाको पीसीआर परिक्षण रोकियो

देशान्तर

भरतपुर । भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा पीसीसआर परिक्षण गर्ने रिएजेन्ट सकिएपछि आजबाट काम रोकिएको छ । यहाँ दैनिक ३५ देखि ४० जनाको पीसीआर परिक्षण हुन्छ ।

भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भएपनि प्राप्त हुन नसकेपछि आजबाट काम रोकिएको हो । रिएजेन्ट मागेर तीन पत्र पठाइएको छ । हेटौडास्थित प्रदेश कार्यालयको प्रयोगशालाबाट रिएजेन्ट ल्याउन कर्मचारी पठाइएकोमा त्यहाँ पनि आइतबार बाँकी नमूनालाई पुग्ने मात्र ल्याइएको तिवारीले बताए । परिक्षण हुन बाँकी आठ नमूनालाइ मात्र हेटौडाबाट रिएजेन्ट ल्याइएको उनले बताए ।

परीक्षणका लागि आज भरतपुर कोरोना अस्पतालमा मात्र २० जनाको नमूना सङ्कलन गरिएको छ । रिएजेन्ट उपलव्ध नभएपछि अन्य अस्पतालबाट नमूना सङ्कलन नगरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । आज र भोलि थप हुने नमूना परीक्षणका लागि काठमाडौं पठाइने छ । नमुना सङ्कलन गरिएकालाइ नतिजा नआएसम्म सम्बन्धित अस्पतालमा राख्ने गरिन्छ । र्‍यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । त्यसमा पोजेटिभ आउनेलाई पनि पीसीआर गर्ने गरिएको छ ।

चैत २१ गतेबाट शुरु भएको यस प्रयोगशालामा मन्त्रालयले ४ सय नमूना परिक्षण गर्ने गरी रिएजेन्ट पठाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहोनीले रिएजेन्ट अभाव भएको बताउनुभयो । थप आउनका लागि १÷२ दिन लाग्ने बताइएको छ ।

जिल्लामा दुइ जनामा कोरोना पोजेटिभ देखिएको छ । बाहिरबाट आएका झण्डै ७ सय रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले हालसम्म ६ सय बढीको परीक्षण भइसकेको बताए । त्यसमध्ये तीनजनामा पोजेटिभ देखिएकोमा एक जनामा पुनः पीसीआर परिक्षणमा पनि पोजेटिभ देखिएको छ । एक जनाको नेगेटिभ देखिएको छ । अर्का एक जनाको नतिजा आउन बाँकी छ ।