देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेरामा बस्ने विद्यार्थीलाई राहत बाडेर नेविसंघले आज स्थापना दिवस मनाउदै

देशान्तर

काठमाडौं, ६ वैशाख । नेपाल विद्यार्थी संघले आज आफ्नो ५१औँ स्थापना दिवस डेरामा बसेका विद्यार्थीहरुलाई राहत बाडेर मनाउन लागेको छ ।

संघको केन्द्रीय, जिल्ला र क्याम्पस इकाई समितिहरुले आ आफ्नो ठाउँमा सक्दो सहयोग गरेर दिवस मनाउन लागिएको महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले अल्पत्र परेका विद्यार्थीहरुलाई सरकारले सहयोग गर्न वेवास्ता गरिरहेकाले सरकारलाई दवाव दिन र सांकेतीक तथा सन्देशका रुपमा राहत वितरण गर्न लागिएको बताउनुभयो ।

त्यस्तै सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने, संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भिडियो बैठक तथा अन्तरक्रिया पनि गर्न लागिएको उहाँले बताउनु भयो ।
प्रविधिको प्रयोग गर्दै संस्थापन देखि हालसम्मका अध्यक्षहरुसँग समसामयिक बिषयमा भिडियो मार्फत अन्तक्रिया कार्यक्रम गरिने महामन्त्री पाण्डेले जानकारी दिनुभयो ।

राहत वितरण, रक्तदान, सचेतनामुलक कार्यक्रम गर्दा स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघले आग्रह गरेको छ ।  विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।