देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बहुमत सदस्य आफ्नो पक्षमा रहेको उपेन्द्रको दाबी : सर्बोच्च अदालत जाने

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी फुटायौँ भनेर प्रचार गर्नेहरूको पक्षमा जनमत नहुने बताए ।
उनले आफूले कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए। यादवले अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए । उनले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको पनि दाबी गरे । उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत दर्ता भएको बताए । त्यस बिरुद्ध सर्बोच्च अदालत जाने बताए ।
उनले आफू बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास ग¥यो भनेर हल्ला चलाइएको बताए । उनले अहिलेसम्म सरकारलाई दिए समर्थन कायमै राख्ने समेत बताए ।