देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलामको समस्या समाधानमा विशेष ध्यान दिन्छु : सुहाङ

देशान्तर

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् । बुधबार सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूले सोधेका प्रश्नमा जवाफ दिने क्रममा नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताएका हुन् ।
सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।
कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्र प्रवर्द्धन तथा विकासका लागि कतिपय नीति परिमार्जन गर्नुपर्ने आवश्यकता भए त्यसलाई पनि आफूले ध्यान दिने उनले बताए । उनले प्रतिनिधि सभामा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्ने बताए ।