देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पैदल हिँडेका यात्रुलाई निशुल्क घर पुर्‍याइदिन सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको कारण देशका विभिन्न ठाँउबाट पैदल हिडेर घर गइरहेका सर्वसाधारणलाई सुरक्षित घर पुर्‍याउनको लागि आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल तथा आनन्दमोहन भट्टराईको इजलासले त्यस्तो आदेश दिएको हो । उनीहरुलाई सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पुर्‍याउन आदेश दिइएको छ ।

आफु बसेको ठाँउमा खाद्यन्न तथा अन्य समस्यामा परि राजधानी तथा बाहिरका अन्य शहरबाट आफ्नो गाँउ गइरहेका छन् । विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्‍याउनु राज्यको प्राथमिक दायित्व भएको बताएको सर्वोच्चले जनाएको छ ।

‘यी वर्गको तथा समूहको व्यक्ति र वृहत समाजको हितलाई समेत ध्यानमा राखी स्थानीय रुपमा हाल परिचालित स्वास्थ्य परीक्षणसम्बन्धी जनशक्तिको मोवाइल समूहहरुलाई परिचालन गरी उनीहरुको र्‍यापिड टेष्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरु अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरुलाई सरकारको कार्यमा आस्वस्थ हुने गरी अविलम्ब सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी उनीहरुको गन्तव्य स्थानमा पुर्‍याइदिनू ।’ आदेशमा भनिएको छ ।

साथै देशका विभिन्न ठाँउबाट जानेमध्ये बालबालिका, असाहाय तथा बृद्धबृद्धालाई विशेष शुरक्षा दिनको लागि समेत आदेश दिएको छ ।