देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको इतिहासमा पहिलो पटक यस्तो भयो

देशान्तर

नेपाली कांग्रेसभित्र केही यस्ता विषयहरू छन् जुन विषयमा अहिलेसम्म यस्तो भएको थिएन । नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक विधानमा बहुमतको निर्णय गराएर पार्टीलाई यो अवस्थामा पु¥याउनुभयो । नत्र आजसम्म यस्ता विषयमा बहुमत र अल्पमतको कुरै उठेको थिएन । जस्तै पार्टीको विधानका विषयमा, पार्टीको झन्डाको विषयमा, निर्वाचन चिन्हको विषयमा बहुमत र अल्पमतको कुरै आएको थिएन । यी बहुमतबाट निर्णय गर्ने विषय नै होइनन् ।

केन्द्रीय समिति बैठकले विधानलाई बहुमतबाट पारित ग¥यो । बहुमतको निर्णयमा चित्त नबुझेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलबाट ‘नोट अफ डिसेन्ट’ लेखियो, यस्तो किन भयो ?

पार्टीको विधान परिमार्जन गर्ने विषयमा बोलाइएको केन्द्रीय समितिको बैठकमा सहमति हुन सकेन । महासमितिको बैठकले जुन रूपमा पार्टीको विधानलाई परिमार्जनसहित अनुमोदन गर्न भनेको थियो, त्यसअनुसार केही नेताहरूसहित पार्टी सभापति जान चाहनु भएन । उहाँ (शेरबहादुर देउवा) सिंगो नेपाली कांग्रेसको सभापति बन्न नचाहेका कारण विधानमा सहमति नभएको हो ।

कांग्रेसको केन्द्रीय समितिमा रहेका सदस्य र पदाधिकारीहरू तल्लो निकाय वडा तहबाट निर्वाचित भएर आउनुपर्ने विषयमा सहमति जुट्न सकेन । तलबाट निर्वाचित भएर आउन नचाहने र निर्वाचित भएरै आउनुपर्ने विषयमा पहिलो असहमति देखियो ।

दोस्रो, कांग्रेसले आरक्षणका लागि जुन कोटाहरू राखेको छ त्यसमा पटकपटक एउटै मान्छै आउनु हुँदैन र अरूलाई पनि अवसर दिनुपर्छ भन्नेमा विवाद वा असहमति भएको हो । यसमा पनि पटकपटक दिनुपर्छ र दिनुहुँदैन भन्ने विषयमा असहमति भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका हामीहरूले बैठकमा असहमति जनाएका हौं ।

महासमितिले पारित गरेका के के विषयहरू यो विधानबाट हटाइएका छन् ?

हाम्रो सभापति सिंगो नेपाली कांग्रेसको सभापति भएर पनि व्यवहारमा उहाँ कहिले पनि पार्टी सभापति बन्न सक्नु भएन । यही कारणले कांग्रेसमा पटकपटक विवादका कुरा आइरहेका छन् । पार्टीको विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान देशको परिवर्तित अवस्थामा जान सकिने गरी कस्तो बनाउने भनेर गाउँ तहबाट सुझावहरू माग्नु भएको थियो ।

उहाँले देशभरिबाट लिखित रूपमा नै विधान कस्तो बनाउने भनेर राय माग्नु भएको थियो र पछि सवै प्रदेशमा भेला गराएर पनि सुझाव लिनु भएको थियो । त्यो सुझावमा ९० प्रतिशत कांग्रेसका नेता र कार्यकर्ताले दुईवटा विषयमा सुझाव दिएका थिए । पहिलो सुझाव थियो, नेपाली कांग्रेसको नेताहरूले अबदेखि गाउँबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीले राखेको आरक्षण वा समानुपातिक कोटामा एक पटक परेको मनिसलाई फेरि दोहो¥याउनु हँुदैन भनेर सुझावहरू आएका थिए र विधानको मस्यौदा पनि त्यही रूपमा बन्यो ।

महासमितिले पनि त्यसलाई नै पारित गरेको हो । महासमितिको बैठकको समापनको दिन पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यी दुई मागलाई हामी प्राथमिकताका साथ सम्बोधन गर्छौं भन्नुभएको थियो । तर, अहिले आएर सभापति यो विषयबाट पछि हट्नु भयो र महासमितिको भावनालाई उल्टाएर एकल निर्णय गर्नुभयो । अहिलेको विवादको जड यही हो ।

गत निर्वाचनदेखि नेपाली कांग्रेस आन्तरिक संक्रमणकालीन अवस्थामा छ । यो अवस्थामा महासमितिले पारित गरेको विषयलाई विधानबाटै हटेपछि कांग्रेस अब कसरी अगाडि जान्छ ?

पक्कै पनि नेपाली कांग्रेस अहिले निकै ठूलो संक्रमणकालीन अवस्थामा छ । यो विषयमा पनि महासमितिमा छलफल भएको थियो । अहिले संक्रमणकालीन जुन अवस्था छ त्यसमा अहिले देश गणतन्त्र र संघीयतामा गइसकेको छ । तर, त्योअनुसारको नेपाली कांग्रेसको विधान बनिसकेको छैन ।

त्यसअनुरूपको सांगठनिक संरचना बनिसकेको छैन । देशका धेरै संरचनाहरू बदलिएका छन् । एक सिट मात्रै भएका जिल्लाहरूमा त्यति समस्या नहोला तर, अन्य जिल्लाहरूमा समस्या छ । त्यहाँ नयाँ संरचना बनाउनुपर्ने आवश्यकता छ । धेरै संरचनाहरू बदलिएका हुनाले अहिलेलाई पुरानै क्रियाशील सदस्यहरूबाटै मनोनीत हुने भनेर व्यवस्था गरिएको छ । केन्द्रीय प्रतिनिधिहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षणका विषयमा पनि पुरानै व्यवस्था राखेर विधान जस्तो विषयलाई सभापतिले बहुमतले पारित गराउनु भएकाले यसमा हामी धेरै नेताहरूको असहमति छ ।

बहुमतले पारित गर्ने भए तपाईंहरूले महासमितिको दुई तिहाइबाट विधान पारित गर्नुपर्ने थियो र ? के पार्टीको विधान जस्तो विषयमा पनि बहुमत र अल्पमत भन्ने हुन्छ र ?

पार्टी सभापतिले नेपाली कांग्रेसलाई बहुमतको आधारमा सञ्चालन गर्नुभयो । नेपाली कांग्रेस लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भएकाले बहुमत र अल्पमतको आधारमा भएका निर्णहरूलाई केही हदसम्म विषय हेरेर स्वीकार्न पनि सकिन्छ । तर, यहाँ त पार्टीको विधानको विषयमा सभापतिले बहुमत र अल्पमतको अवस्था खडा गरेर पार्टीलाई विवादित बनाउनुभयो ।

नेपाली कांग्रेसभित्र केही यस्ता विषयहरू छन् जुन विषयमा अहिलेसम्म यस्तो भएको थिएन । नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक विधानमा बहुमतको निर्णय गराएर पार्टीलाई यो अवस्थामा पु¥याउनुभयो । नत्र आजसम्म यस्ता विषयमा बहुमत र अल्पमतको कुरै उठेको थिएन । जस्तै पार्टीको विधानका विषयमा, पार्टीको झन्डाको विषयमा, निर्वाचन चिन्हको विषयमा बहुमत र अल्पमतको कुरै आएको थिएन । यी बहुमतबाट निर्णय गर्ने विषय नै होइनन् ।

यस्तो विषयमा पार्टी सभापतिले सबैलाई सहमतिमा ल्याएर एउटा टुंगोमा पु¥याउनु पर्नेमा उल्टै बहुमत देखाएर पहिलो पटक यस्तो निर्णय गराउनु भयो । यो घटनाले भोलि नेपाली कांग्रेसलाई कहाँ पु¥याउने हो त्यो मलाई थाहा छैन । तर, यसले पार्टीमा निकै ठूलो असर पु¥याउने कुरा हामीले देखिसकेका छौ ।

अर्को कुरा, आजको दिनमा आम जनताको, कार्यकर्ता र शुभेच्छुकहरूको चाहना अहिलेको अवस्थामा नेपाली कांग्रेस एक भएर आओस् भन्ने थियो । यसमा पनि ठूलो चोट पुगेको छ । आज नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा सबैभन्दा कमजोर अवस्थामा देखिएको छ । यही बहुमत र अल्पमतले गर्दा कांग्रेस यो हालतमा पुगेको छ । अब यसको नैतिक जिम्मेवारी कस्ले लिने ? सभापतिकै कारण पार्टी यो अवस्थामा पुगेको छ तर उहाँ यसको जिम्मेवारी लिन तयार हुनुहुन्न ।

भनेपछि पार्टीको विधानमा सभापति हाबी भएका कारण महासमितिले पारित गरेका विषयहरू पनि हटाइएका हुन्, हैन ?

राम्रा विषयमा सभापतिले बहुमतबाट निर्णय गराउनु भएको भए पनि हामीहरूलाई कुनै आपत्ति हुने थिएन । विधान बनाउने तर, त्यो विधानलाई पालना नगर्ने । आफ्नो अनुकूलतमा व्याख्या गरेर विधानमै समावेश भइसकेका कुुराहरू पनि हटाई दिनुभयो । उहाँले पहिले पनि विधानमा भएका व्यवस्थाहरूलाई आत्मसात् गर्नु भएन ।

हामीले के भनेको हो भने नेपाली कांग्रेसको विधानमा पहिले गाउँ त्यसपछि जिल्ला, प्रदेश र केन्द्रीय समिति, केन्द्रीय समितिभन्दा माथि महासमिति र महासमितिभन्दा माथि महाधिवेशन यो हिसाबमा सवैलाई समेट्ने गरी विधान बनाउनुपर्छ भनेका हौ । तर, महासमितिको निर्णयलाई नै उहाँले उल्टाई दिनुभयो । त्यसकारण विधानमा के कुरा प¥यो भन्दा पनि विधानलाई न नमानिकन अहिले सभापति चलिरहनुभएको छ । यो चाहिँ नेपाली कांग्रेसका लागि दुर्भाग्य नै हो जस्तो मलाई लाग्छ ।

अहिलेको सरकारप्रति निराश भएका जनताले नेपाली कांग्रेस खोजिरहेको अवस्थामा कांग्रेसको केन्द्रीय समितिमै यसरी भा“डभैलो हुन्छ भने भोलि तपाईंहरू कसरी जनतामा जानुहुन्छ ?

अहिले वास्तवमै देशमा कांग्रेसको खोजी भएको छ । यो अवस्थामा सबैलाई समेटेर र एक बनाएर सरकारका नराम्रा कुराहरूलाई, विकृतिहरूलाई एक गरेर लिएर जानुपर्ने अवस्थामा पार्टी नेतृत्व त्यो हिसाबमा जान सकेको छैन । म यसलाई स्वीकार गर्छु । पार्टीलाई पनि एक ढिक्का बनाउन सक्नु भएन ।

सत्ताले जनताका पक्षमा काम नगरिरहेको समयमा प्रतिपक्षले जनताको आवाज उठाएर सत्तालाई सन्तुलित राख्नुपर्ने अवस्थामा खाली झिनामसिना कुरामा रडाको मच्चाउने र नजिकिँदै गएको १४ महाधिवेशनमा केन्द्रित हुनुपर्ने समयमा हाम्रो सभापति मनी, मसल र पावरका भरमा पार्टी कब्जा गर्ने रणनीतिमा लाग्नु भएको छ । उहाँको ध्यान अहिले पार्टी एक बनाएर लाने छैन, जसरी हुन्छ गुट खडा गरेर पार्टी कब्जा गर्नेतर्फ उहाँ लाग्नु भएको छ ।

देशको बिग्रँदो राजनीतिक परिस्थितितर्फ उहाँको ध्यान गएको छैन । दुई तिहाइको दम्भले मनपरी गरिरहेको सत्तपक्षसँग लड्ने संसद्मा उहाँको उपस्थिति छैन । सिंगो हाउसमा प्रतिपक्षको भूमिका देखाउन सक्नु भएको छैन । पार्टीका कार्यकर्ताहरूको जुन आशा छ त्यो आशालाई पनि उहाँले सम्बोधन गर्न सक्नु भएको छैन । केवल आफ्नो स्वार्थका निम्ति ‘आफू मरे डुम्मै राजा’ भनेर हिँडिरहनु भएको छ ।

अहिले सभापति नेपाली कांग्रेसलाई जुन खालको सिन्डिकेटबाट चलाइरहनु भएको छ त्यसबाट बचाउनका निम्ति हामीले यो अभियान चलाएको हो । अहिले वास्तवमै नेपाली कांग्रेसभित्र सभापतिले निकै ठूलो संकट खडा गरिदिनु भएको छ । नेपाली कांग्रेसका नेताहरूको लागि, कार्यकर्ता र शुभेच्छुकहरूका लागि अहिले कांग्रेस भनेर हिँड्न पनि समस्या भएको छ ।

१४औं महाधिबेशन आउन अब एक वर्ष बा“की छ । विधान बहुमतले पारित भए पनि संगठन विस्तारका कुनै काम भएका छैनन् । तपाईंहरूको झगडाले त महाधिवेशन नहुने देखियो नि ?

हाम्रो विधानले चार वर्षको समय तोकेको छ र परिस्थिति अनुकूल नभए एक वर्षसम्म थप्न सकिने व्यवस्था पनि गरेको छ । तर, अहिले महाधिवेशनका लागि जुन तयारी गर्नुपर्ने हो, जुन रूपमा संगठनहरूलाई चुस्त र दुरुस्त बनाउनुपर्ने हो त्यो काम सभापतिले सुरु नै गर्नुभएको छैन । विधानअनुसार कांग्रेसलाई एक वर्षभित्रमा सबै संगठनहरू विस्तार गर्न कठिन पनि छ ।

अर्को, सबै भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूलाई उहाँले एकआपसमा लडाइरहनु भएको छ । विगत १४ वर्षदेखि एउटा भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । तरुण दल अहिले चार जनाले चलाइरहेको अवस्था छ । महिला संघको हालत पनि उस्तै छ । नेविसंघको यस्तो हालत बनाएर छाडी दिनुभएको छ । सबै भ्रातृ संस्थाहरूलाई लथालिंग बनाएर राणाशासनमा जस्तो तकज, उकज, नकज भनेर राखे जस्तै केही आफ्ना मान्छेहरूलाई जिम्मेवारी दिएर राख्नु भएको छ । यही हो सभापतिको संगठनको आधार ।

उहाँले विधानत संगठन विस्तार गर्ने र भ्रातृ संगठनहरूको अबिधेशन गराउने सोच नै बनाउनु भएको छैन । आजका दिनमा नेपाली कांग्रेसलाई जनताको नजिक लगेर जनताका भावनालाई सम्मान र संगठित गर्दै जानुपर्ने अवस्थामा सभापति भने आफूूले जित्न सक्ने गरी गुट कसरी बनाउने भन्नेतर्फ लाग्नु भएको छ । यो हिसाबले समयमै उहाँले महाधिवेशन गराउनुहुन्छ भन्न सकिने अवस्था छैन । हामी अब सुधारिएर आयांै, हामी अब पार्टी एक भएर आयौं र जनताको हितमा काम गर्छौं भन्नुपर्ने ठाउँमा उल्टो दिशामा कांग्रेसलाई डो¥याई रहनुभएको छ ।

देउवा भनेकै कांग्रेस र कांग्रेस भनेको देउवा मात्रै हो भनेर उहाँ हिँडिरहनु भएकाले कांग्रेस भोलिका दिनमा कहाँ पुग्ने हो यो सबैको चिन्ताको विषय भएको छ । अब सभापति देउवा टेक्निकल सभापति मात्रै रहनुभयो । उहाँ मेरो पार्टीको सभापति हो कि हैन भनेर मैले समेत सोच्ने समय आएको छ । सभापतिलाई दबाब दिनका लागि हामीले असहमति देखिाएका छौं अब उहाँले अहिलेसम्म जे भयो भयो अब म पार्टीलाई मिलाएर जान्छु भनेर आउनु हुन्छ कि भन्ने झिनो आशामा हामी बसिरहेका छौं ।

नेपाल विद्यार्थी संघको विषयमा अब कहिले निर्णय हुन्छ ?

नेविसंघ अहिले शून्यमा छ । तर, समस्या कहाँनेर भयो भने विधानमा एउटा कुरा लेखाउनुहुन्छ र व्यवहारमा अर्को काम गर्नुहुन्छ । नेविसंघको विषयमा सभापतिलाई सहमति कायम गरेर चाडो निर्णय गर्नुहोस् भन्दा उहाँ आफ्ना को छन्, कहाँबाट ल्याउने भन्नेतिर लाग्नुभएको छ ।

यो अहिले नेविसंघमा देखिएको विवाद अब विद्यार्थीमा मात्रै सीमित रहेन, यो विवाद सिंगो कांग्रेसको विवाद भइसक्यो । सबै भ्रातृ संघ–संगठन र शुभेच्छुक संस्थाहरूको बीचमा पनि पुगिसक्यो । यी संस्थाहरू अब विचारले चल्न छोडे, पद्धतिले चल्न छोडे । केवल मसल, मनी र पावरले चल्न थाले । आफ्नै पार्टीभित्र कार्यकर्ताहरू किनिन थालेका छन् ।

यो परिस्थितिमा नेपाल विद्यार्थी संघको उमेरमा ३२ वर्षभन्दा कम उमेरलाई मात्र विद्यार्थी संगठनमा राख्ने भनेर हामीले विधान बनायौ । तर, अहिले आएर सभापतिलगायतका केही नेताहरू ३२ वर्षभन्दा कम उमेरकाले अधिवेशन गराउन सक्दैनन् भन्न थाल्नु भएको छ । यसरी दोहोरो मापदण्डमा उभिएर नेविसंघलाई तहसनहस बनाइएको छ ।

त्यसकारण अब नेविसंघलाई शून्यमा राख्नु हुँदैन र चाँडोभन्दा चाँडो निर्णय गरेर महाधिवेशनमा लानुपर्छ भनेका छौं । अब सभापतिलाई के विचार आउँछ त्यो हेर्न बाँकी छ ।

केन्द्रीय समितिको बहुमतबाट विधान पारित भएपछि जिल्ला सभापतिहरू असन्तुष्ट देखिएका छन् । उनीहरूलाई कसरी मिलाउनुहुन्छ ?

यसको पछाडी मुख्य कुरा भनेको करिब ९० प्रतिशत जिल्ला सभापतिहरूले यी दुई विषयको माग राखेको हुन् र यो माग भनेको गाउँबाटै आएको माग पनि हो । यो माग तल्लो तहबाटै किन आयो भन्दा नेपाली कांग्रेसको केन्द्रीय समितिको सदस्य हुने व्यक्ति जनताका भिजेको हुनुपर्छ । जनताको भावना र कार्यकर्ताको भावना बुझ्न सक्ने हुनुपर्छ भनेर टोलबाटै निर्वाचित भएर आउनुपर्ने विषय सभापतिहरूले उठाएका हुन् ।

जनतामा जान सक्ने र कांग्रेसको केन्द्रीय सदस्य बन्न सक्ने हैसियतमा रहेको मान्छेलाई मनोनीत गर्नु भएन भन्ने उहाँहरूको माग हो । कांग्रेसमा ठूलो लगानी गरेका कार्यकर्ताहरू किनारा लाग्न थालेका छन् । सभापतिले केही जिल्ला सभापतिलाई गाली गर्ने सबालमा मैले पार्टीमा यत्रो दुःख गरेको छु भन्नु हुन्छ । तर, उहाँको मात्र दुःखले यो पार्टी आज यो ठाउँमा आएको हो ? यसमा अरूले लगानी गरेका छैनन् ? अरूले कांग्रेस दुःख नपाई नेता भएका हुन् ? उहाँलाई आफ्नो स्वार्थअनुसार आसेपासेहरूलाई मनोनीत गर्नुपर्ने ।

उनीहरू जनतामा जानेबित्तिकै पराजित हुने भएकाले जनतामा जानबाट डराइरहेका छन् । त्यस्ता व्यक्तिहरूको झुन्ड बनाएर सभापतिले अर्को महाधिबेशन कब्जा गर्नका लागि जिल्ला सभापतिहरूले राखेका माग विधानबाट हटाइएका छन् । जिल्ला सभापति भनेको कांग्रेसको आधार हुन् । भोलि उनीहरूले नै हो महाधिवेशन प्रतिनिधिहरू पठाउने । त्यसकारण यो विषय महाधिवेशनमा निकै कडाइका साथ उठ्नेवाला छ ।