देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हमालको नेतृत्वमा जीएनसीसी पोर्चुगल गठन

देशान्तर

लिस्वन । गैर आवासीय नेपालि संघ,पोर्चुगलका सस्थापक अध्यक्ष तथा व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी, पोर्चुगलको गठन भएको छ ।

ग्लोवल नेप्लिज चेम्वर अफ कमर्स पोर्चुगल (जीएनसीसी,पोर्चुगल)को अवधारणा अनुसार पोर्चुगलमा रहेका नेपाली डायस्पोरा व्यावसायीहरुलाई एकत्रित गर्दै उनीहरुको व्यावसायिकता विस्तार तथा नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि व्यावसायिकता सम्भावाना, क्षेत्र, लगानी, तथा लगानीको सुरक्षा आदि जस्ता प्राविधिक ज्ञानका प्रदान गर्नुका साथै तालिम तथा व्यवसायिक अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ उक्त ग्लोवल नेप्लिज चेम्वर अफ कमर्सको स्थापाना गरिएको कुरा नव नियुक्त अध्यक्ष पूर्ण हमालले जानकारी दिए ।

पोर्चुगलमा बिभिन्न पेशा र व्यवसाय गरेर बसेका नपाली व्यावसायीहरूलाई एउटै छाता मुनि गोलबन्द गर्दै व्यवसायिक विस्तारसँगै क्षमता अभिबृद्धी, लगानी बिस्तार, सुरक्षाका साथै नेपाल तथा पोर्चुगल बीचको पुरानो सीमित व्यापारिक सम्बन्धलाई अझ बृहत्तर गर्दै नेपाल तथा पोर्चुगल दुई देशबीचको दौत्य सम्बन्धमा टेवा पुर्याउने उद्देश्य अनुरुप उक्त ग्लोवल नेप्लिज चेम्वर अफ कमर्सको अवधारणासहित स्थापना गरिएको हो ।

पोर्चुगलको राजधानी लिस्वनमा भएको व्यापारिक,सामाजिक अभियन्ता,पत्रकार,युवा व्यावसायीहरुको एक भेलाले पुराना व्यावसायी पुर्ण हमालको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

आगामी एक महिना भित्र पूर्ण भेला मार्फत उक्त संगठनलाई पुर्णता दिने गरि भेलाले तदर्थ समितिका अध्यक्ष पुर्ण हमाललाई जिम्मा दिएको छ ।