देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा नेपालीको कार दुर्घटना, उपचारका लागि आर्थिक सहयोगको आवहान

देशान्तर

टेक्सास (अमेरिका) । चितवन स्थायी घर भई हाल डलास टेक्सासमा आफ्नो परिवारका साथ बस्दै आएकी गंगा कार्कीको सेप्टेम्बर २२ तारिक साँझ ८ः३० बजे तिर कामबाट घर फर्कने क्रममा हाईवे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटना भएको थियो ।

गंगालाई तत्कालै अर्ध चेत अवस्थामा एम्बुलेन्सद्वारा बेलोर ग्रेपभाईन हस्पिटलको ईमर्जेन्सी अपरेसन कोठामा लगिएको थियो । ४ घण्टाको अपरेसन पछि उपचारमा संलग्न डाक्टरहरुले गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको तथा छातीमा निकै ठूलो चोट रहेको र रगत बग्ने क्रम नरोकिएर पेटको ओपन सर्जरी समेत गर्नुपरेको बताएका छन् । अहिले गंगा ट्रौमा (आईसियु) मा आफ्नो जीवनको लागि संघर्ष गरिरहेकी छिन् । हालसम्म दुईवटा मेजर सर्जरी भैसकेको छ ।

पछि फेरी फोक्सोमा पानी देखा परेको जटिलताले गर्दा गर्नुपर्ने अरु ३ वटा सर्जरी बांकी रहेको छ । डाक्टरहरुले गंगाको जीवन रक्षाको आशा देखाए तापनि उपचारको प्रक्रिया भने निकै लामो समयसम्म चल्ने बताएका छन् ।

कार्कीका ६ वर्ष र ११ महिनाको दुई छोरा छन् । उनका श्रीमान दिनेश कार्की आफ्नो काम छाडेर दुई छोराका साथ २४ सै घण्टा आफ्नी श्रीमतीसंग छन् ।

निकै नै न्युनतम मेडिकल कभरेज, बढ्दो खर्च र आम्दानी न्यून भएकोले उपचारको लागि कार्की परिवार आर्थिक संकटमा परेका छन् । यो दुखद समयमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ सहयोग गर्न कार्की परिवारले अनुरोध गरेको छ ।

अनलाईन सहयोगका लागि www.gofundme.com को तल दिएको लिङकमा क्लिक गरी आफ्नो सहयोग रकम पठाउन सक्नुहुनेछ ।

https://www.gofundme.com/ganga-karki-medical-expenses