देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको विश्व संजाल गठन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठनको रुपमा रहेको नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरुको सम्मेलनबाट नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व संजाल’ गठन गरिएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापति विश्व सुवेदीको संयोजकत्वमा विश्वभरीका सम्पूर्ण नेजसका सभापतिहरु पदेन सदस्य रहनेगरी विश्व संजाल गठन गरिएको हो ।

‘नेपालको वतँमान राजनीतिक परिवेशमा पार्टीलाई सांगठानिक रुपमा अझ बढी सहयोग गर्नुपर्ने आवश्यकता महशुस गरी जनसम्पर्क समितिका राष्ट्रिय समितिहरुको बीचमा एक आपसमा तथा राष्ट्रिय समितिहरुके नेपाली कांग्रेस पार्टीसँग समन्वय गर्न, नेपाली जनसम्पकै समितिका राष्ट्रिय समितिहरुको विधानमा एकरुपता ल्याउन तथा नेपाली काँग्रेसमा आवद्ध भई काम गरेका र वर्तमानमा विश्वका विभिन्न मुलुकका विश्वविद्यालयमा प्राध्यापक वा विभिन्न अनुसन्धान संस्थाहरुमा वैज्ञानिक, विज्ञ भई काम गरिरहेका बौद्धिक व्यक्तित्वहरुको ज्ञान र सीपलाई मुलुक र पार्टीैको बृहत्तर हितमा उपयोग गर्न संसारभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापतिज्यूहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु एवं पार्टी शुभञचश्तक र शुभेच्छुकहरु बीच लामो वहस र छलफल पश्चात नेपाल जनसम्पर्क समन्वय समिति ‘विश्व संजाल’ गठन गरिएको यहाँहरु सबैमा अवगत गराउँदछौ’, नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व संजाल’ले संसारभरका नेपाली जनसम्पर्क समिति, नेपाली कांग्रेसका अग्रज शुभचिन्तक एव शुभेच्छुकहरुसँग समन्वय गरी वृहत सगठन निर्माण गर्नेछ । विश्व संजालको तदथँ समितिमा संसार भरका नेपाली जनसम्पर्क सूमतिका सभापतिहरु पदेन सदस्यका रुपमा रहने जनाइएको छ ।

विश्वमा छरिएर रहेका नेपालीलाई जनसम्पर्क समितिहरुलाई एउटै छातामुनी ल्याउने उद्देश्यले विश्व संजाल गठन गरिएको हो । जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारीको शुक्रवार युरोपमा भएको भेलाले विश्व सञ्जाल गठन गरेको हो ।
पार्टीलाई सांगठनिक रूपमा सहयोग पु¥याउन, जनसम्पर्क समितिको विधानमा एकरूपता ल्याउनका लागि विश्व सञ्जाल गठन भएको काँग्रेस अन्तर्राष्ट्रिय सञ्जालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुवेदीको संयोजकत्वमा गठित विश्व संजालको तदर्थ समितिमा चित्र केसी (युएई), कंचन पोखरेल (अस्ट्रेलिया) र नवराज शिवाकोटी (साउथ कोरिया) उपसभापति रहेका छन् । यसैगरी स्पेनका चिन्तामणि सापकोटा महामन्त्री, जापानका भुपि गोविन्द श्रेष्ठ र डेनमार्कका नविन आचार्य सहमहामन्त्री रहेका छन् । संजालको कोषाध्यक्षमा अमेरिकाका सुभाष घिमिरे चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा कुल बहादुर गुरुङ (हंङकङ), विराट श्रेष्ठ (भारत), डिपी कडेल (जापान), राजेश जमरकट्टेल (जापान), अंबिर जोशी (मकाउ), उत्तम कडेल (नेदरल्याण्ड), टिकाराम सापकोटा (बेलायत), पूर्ण तिमल्सिना (बेल्जियम), दीपक रेग्मी (नेदरल्याण्ड), कुश बस्नेत (बेलायत), उषा भुषाल सुवेदी (इजरायल), हेमराज पाण्डे (क्यानडा), बेदनिधि आचार्य (ओमान), नवराज लामिछाने (साउदी अरब), विष्णु सापकोटा (पोर्चुगल), राजेन्द्र विरही (कुवेत), भवानी शंकर तिवारी (मलेसिया), तारा प्रसाद बंजाडे (चीन) र ज्ञानेन्द्र खत्री (युएई) रहेका छन् ।