देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति नेदरल्यण्डद्धारा आविश्कार केन्द्रलाई सहयोग

देशान्तर

काठमाडौं ।  सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैया प्रदान गरिएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले राष्ट्रिय आविष्कार केन्द्रलाई सो रकम जुटाएको हो । नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका कोषाध्यक्ष विनोद गौतमले सामाजिक अभियन्ता महावीर पुनलाई हस्तान्तरण गरेका थिए । नेपाली का‌ग्रेसका युवा नेता टेकराज पाैडेलकाे उपस्थितीमा साे रकम पुनलाइ हस्तान्तरण गरिएकाे थियाे ।

देशमा रोजगारको अभावले वर्षेनी विदेशीएको युवा जनशक्तिलाई देशमै रोजगार दिनु र देशमा जन्मने स्मार्ट र टयालेन्ट व्यक्तिहरुलाइ देशमा बस्न वातवारण बनाउनुनै केन्द्रको उद्देश्यले पुनले राष्ट्रिय आविश्कार केन्द्रको स्थापना गर्न लागेका हुने ।

४० वर्षभित्रमा नेपालमा नयाँ नयाँ प्राविधिको विकास गरि देशको प्रतिभाशाली व्यक्तिहरुलाई फलाउने, फुलाउने र विभिन्न सामानहरु उत्पादन गरि नाफा कमाउनु पर्छ भन्ने रााष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्देश्य रहेको छ ।