देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडामा नेपालीले मनाए प्रजातन्त्र दिवस

देशान्तर

काठमाण्डौँ,    ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताए ।
क्यानडामा रहेका नेपालीहरुको संस्थाका प्रतिनिधि प्रभाकर रेग्मीले क्यानडामा गैरआवासीय नेपाली संघले नेपाली भाषा, साहित्य, कलाको प्रवद्र्धनका निम्ति बालबालिकालाई नेपाली भाषा पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए ।