देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा तनहुँ समाज गठन

देशान्तर

काठमाडौँ । तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र कोषाध्यक्ष सुनिता कँडेल चयन भएका छन् ।

यस्तै, सदस्यमा कल्पना जिसी, धार्मिका घिमिरे, रवीन्द्र जमरकट्टेल, सन्त गुरुङ, चूडामणि अर्याल, अनिल केसी, दिपेन क्षत्री, सुरेश गिरी, माधव सिग्देल र प्रमिला पाण्डे चयन भएका छन् । भेलाले राजेन्द्र जमरकट्टेल र अरुण श्रेष्ठलाई संरक्षक र पुरुषोत्तम सिग्देललाई सल्लाहकारमा मनोनयन गरेको अध्यक्ष थापाले जानकारी दिए ।