देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज विश्व मधुमेह दिवस

देशान्तर

काठमाडौं । आज विश्व मधुमेह दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य संगठनको घोषणा अनुरुप सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो ।

मधुमेहको उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडेरिक ब्यान्टिङको जन्मदिनको सम्झनामा नोभेम्बर १४ लाई मधुमेह दिवसको रुपमा मनाइन्छ ।

विश्वमा २८ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् । नेपालमा पनि २० वर्ष र त्यसभन्दा माथिका झण्डै १५ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्यांक छ ।