देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकगायकका रुपमा उदाउँदै ठाेरीका नेपाल

देशान्तर

वीरगंज, २० साउन । शिक्षण पेशा अँगाल्दै आएका ठोरीका युवा रमेश नेपाल लोक संगितका क्षेत्रमा ‘ठोरीको रानीवन’ बोलको लोकदोहोरी गीतका साथ उदाएका छन् । लोकसंगित मार्फत पर्सा जिल्लालाई नै चिनाउने उदेश्यका साथ बजारमा सार्वजनिक गरिएकाे ‘ठोरीको रानीवन’ गीतको शब्द सँकलन समेत उनैले गरेका हुन् ।

विशेषतः ठोरीको पर्यटकीय क्षेत्रको महत्वलाई दर्शाउने प्रयास गरिएको लोकदोहोरी गीतमा गायक नेपाललाई चर्चित लोकदोहोरी गायिका सम्झना मगरले साथ दिएकी छिन् । गायक नेपाल भन्छन्–‘ठोरीको ऐतिहासिक महत्वलाई लोकसंगित मार्फत सबैमा पुर्याउने एक मात्र लक्ष्य हो । ठोरी ऐतिहासिक, धार्मिक, राजनीतिक, साँस्कृतिक, प्रकृतिक महत्व बोकेको ठाउँ हो । तर, पनि यसको जति प्रचार प्रसार हुनु पर्ने हो त्यो हुन सकेन ।

जसका कारण यो ठाउँ ओझेलमा पर्न गयो । लोक संगित मार्फत यस ठाउँको महत्व दर्शाउने र वाह्य एवँ आन्तरिक पर्यटकहरु ठोरीमा भित्र्याउने उदेश्यका साथ यो गीत स्रोता माझ ल्याइएकाे नेपालले बताए । आशा छ गीत सबैले सुनेर प्रतिक्रिया दिनु हुनेछ र मन पराई दिनुहुने छ ।’ गायक नेपालले गीतको एक लाइन गुनगुनाउदै भने,– सामाजिक–साँस्कृतिक सद्भावको नमुना ठाउँ हेर्नलाई पर्साको ठाेरी कहिले लाने हो ? ठोरीको रानीवन घुम्न जाने हो ?

आफ्नो गीतले ठोरीको महत्वलाई मात्र उठान नगरेको भन्दै समग्र पर्सा जिल्ला कै महत्वलाई आत्मासाथ गरेको दावी गरे । साविक ठोरी–८ गौतमनगरको डाँडाटोल घर भएका नेपाल सरस्वती माविका शिक्षक समेत हुन् । माता शुभकुमारी नेपाल र स्व. पिता भागिरथ नेपालको ६ दाजूभाई मध्ये काइलो छोरा नेपालले स्नातकोत्तर सम्मको अधययन पूरा गरेका छन् भने उनले साहित्य क्षेत्रमा पनि कलम चलाउँदै आइरहेका छन् ।