देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एओएसलाई पछि पार्दै दि रिभर ओभरसिज पहिलो नम्बरमा  

देशान्तर

काठमाडौं । दि रिभर ओभरसिज आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारमा सवै भन्दा धेरै कामदार पठाउदै मेनपावर कम्पनीहरुमध्ये पहिलो नम्बरमा पर्न सफल भएको छ । यसअघिका सधै पहिलो नम्बरमा पर्दै आएको एसओएस मेनपावर सर्भिसलाई पछि पार्दै दि रिभर ओभरसिज यस पटक पहिलो स्थानमा उक्लिएको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यो वर्ष दि रिभर ओभरसिजले ८ हजार १ सय १३ जनालाई वैदेशिक रोजगारीमा पठाउँदै नम्बर पहिलो नम्बरमा परेको हो । त्यस्तै सधै सबैभन्दा बढी कामदार पठाउदै आएको एसओएस ६ हजार ६ सय १९ जना कामदार पठाएर दोश्रो स्थानमा झरेको छ ।

तेस्रो स्थानमा भने कोशी इन्टरनेशन परेको छ । उसले ६ हजार २ सय २१ जना, चौथो स्थानमा इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट ४ हजार ५३ जना, पाँचौ स्थानमा प्याराडाइज इन्टरनेशनलले ३ हजार ६ हजार ८२ जना, छैटौमा ट्रष्ट नेपाल ओभरसिजले ३ हजार ४ सय ५४ जना कामदार विदेश पठाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

यसै गरी बढी कामदार उडाउनेमा शिखर इन्टरनशनलले ३ हजार २ सय ५७ जना, साउण्डलाइन रिक्रुटमेन्टले २ हजार ९ सय ९२ जना, अक्सफोर्ड इन्टरनेशनलले २ हजार ४ सय ४९ जना, वाइजस्पेश इन्टरनेशनलले २ हजार ४ सय २४ जना कामदारहरुलाई विदेश पठाएका छन् ।