देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठानमा नयाँ कार्यसमिति

देशान्तर

काठमाडौं । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । आईतवार सम्पन्न प्रतिष्ठानको साधारण सभाले नयाँ कार्यसमिति चयन गरको हो । मगर अघिल्लो कार्य समितिमा अध्यक्ष थिए भने कृष्ण रानाभाट सचिव थिए ।

नवनिर्वाचित केन्द्रीय कार्य समिति प्रथम उपाध्यक्षमा लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा पत्रकार नआनन्त प्रसाद अर्याल र महिला उपाध्यक्षमा कमला पोखरेल तथा कृष्ण रानाभाट महासचिव, पत्रकार राज कुमार राई सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
पत्रकार छिरिङ मिङग्यूर शेर्पा , उत्सव वाग्ले, विनिता राई, डि।वि तामाङ, शर्मिला के।सी। थापा, राम चन्द्र घिमिरे, राम हरि भण्डारी, प्रकाश बराईली, सन्तोष दवाडी, भीम कुसारी केन्द्रिय सदस्यमा चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले प्रमाण पत्र प्रदान गरेका थिए ।

सो कार्यक्रममा चर्चित गायीका विनिता राई , डि।वी तामाङ, शर्मिला केसी थापा, कृष्ण राना भाट जस्ता कलाकारहरुले वेजोड सांगीतिक प्रस्तुति दिएका थिए । साथै पाच पोखरी विद्यालयका कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।