देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाशय ! के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो ?

देशान्तर

सम्पदा रिजाल

“झोला”

हजारौं स्पर्मको म्याराथन जितेर
ओभम छेडेपछी
सुरु भएको हो
तिम्रो बहादुरीको यात्रा !

तिम्रै नामको लालपुर्जाले मात्रै
नापिन्छ
मेरो पाठेघरको उचाई !

संस्कारका भुत्ते कानहरुले
तिम्रै अधिकारको
हेयरिङ एड बाट मात्रै सुन्छन
मेरो गर्भको धड्कन !

तिम्रो स्वामित्वको प्रमाणबिना
काटिएनन
अँह
काटिएकै छैनन
प्रसबका सालनालहरु!

भर्खरै जन्मेको
नवजात शिशु
कंगारूझ‌‌ैं छातीमा चेपेर
युगाैंदेखी बारबार सोध्दैछु
महाशय!

के स्वास्नीमान्छेको पाठेघर
तिम्रो विर्य बोक्ने झोला मात्र हो ???

-फेसबुक भाइरल भएको सम्पदा रिजालको कविता ”झोला”