देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लाइसेन्स लिन नगएकालाई एक महिने मौका

देशान्तर

काठमाडौं । तोकिएको अवधिमा लिन नगाएका भन्दै खारेज गर्ने तयारीमा राखिएका सवारीसाधान अनुमतिपत्र खारेज नहुने भएको छ । एकपटकका लागि मौका दिइने भन्दै यातायात व्यवस्था विभागले लाइसेन्सको खारेजी एक पटकका लागि रोकेको हो ।  

यसका लागि विभागले महिना दिने अवधि दिएको छ ।  महिना दिनभित्र पनि लिन नआइएको लाइसेन्स भने खारेज गरिनेछ । विभागका अनुसार सवारीसाधानधनीले लाइसेन्स लिन १५ भदौदेखि १५ असोजसम्म विभागको कार्यालय पुगिसक्नुपर्नेछ । यस अविधभित्र पनि नबुझिएका लाइसेन्स भने सधैका लागि खारेज गरिनेछ ।

विभागका अनुसार यसरी लाइसेन्स लिने सरावरीधनीले जरिवाना दस्तुर भने डवल तिर्नुपर्ने हुन्छ । विभागका अनुसार ०७२ भन्दा अघि कारबाहीमा परेका लाइसेन्सको हममा मात्रै यो सुविधा लागू गरिनेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>