देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्रिनसिटी अस्पतालमा एनआरएन अमेरिकाको लगानी

देशान्तर

काठमाडौं । स्वस्थ्य सेवालाई आधुनिक र सर्वसलभ बनाउने उद्देश्यले गैरआवासीय नेपालीहरू नेपालको स्वास्थ्य सेवामा लगानी गर्न आकर्षित भइरहेका छन् । यसको पछिल्लो उदाहरण एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल बनेका छन् ।

उनले आफ्नो नेतृत्वमा काठमाडौंको धापासीमा रहेको ग्रिनसिटी अस्पतालमा गैरआवासीय नेपालीहरूको लगानी गर्ने घोषणा गरेका छन् । अस्पताललाई नमुना अस्पताल बनाएर कुनै पनि नेपालीलाई उपचारको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले आफूहरू लगानी गर्न लागेको आँखाका डाक्टरसमेत रहेका डा.पौडेलले बताउँदै देशान्तरसँग भने, ‘नेपालमा जस्तोसुकै रोग लागे पनि सर्वसुलभ रूपमा उपचार गर्न सक्ने गरी ग्रिनसिटी अस्पताललाई थप प्रभावकारी र स्रोतसाधान सम्पन्न बनाउन हामी लगानी गर्न आकर्षित भएका हौं ।’

लगानीसम्बन्धी जानकारी दिन गत साता आयोजित कार्यक्रममा काठमाडौंमा ज्याला मजदुरी गर्दै आइरहेका कमल धमलाको नि:शुल्क मुटुको शल्यक्रिया गरिएको थियो । त्यस्तै अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत एक सामाजिक संस्थालाई एम्बुलेन्स पनि प्रदान गरेको थियो । उक्त कार्यक्रमको अवसरमा नेपाल सरकारसँगको सहकार्यमा अस्पतालले दुई सय आङ खस्ने समस्या भएका महिलाको नि:शुल्क उपचार गर्ने सम्झौता पनि गर्‍यो । 

अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सुविधा उपलब्ध गराई नेपालीलाई उपचारको लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने भन्दै गरिएको उक्त लगानीले नेपालको स्वस्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।  
एनआरएनको सहयोगमा यसअघि पनि अस्पतालले आर्थिक रूपमा कमजोर ४० जना महिलाको पाठेघरको नि:शुल्क उपचार गरिसकेको छ भने भूकम्प प्रभावित जिल्लाहरूमा विभिन्न कार्यक्रममार्फत विशेषज्ञ स्वास्थ्यसेवा पनि प्रदान गर्दै आइरहेको छ ।

 

]]>