देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिपोभरी चामल कर्णालीवासी भोकभोकै

देशान्तर

काठमाडौं । भोकमरीले कर्णालीबासी चामल नपाएर भोकभोकै हुने अवस्थमा पुगेका छन् । तर त्यो क्षेत्रमा पुगेका चामल भने खाद्य संस्थानको डिपोमा थन्किएर बसेको छ । कर्णाली अञ्चलका मुगु , कालिकोट, र हुम्लाका साथै अर्को छिमेकी जिल्ला बाजुराको जिल्ला बिकास समितीले चामल वितरणबारे कार्ययोजना नबनाउदाँ त्यो क्षेत्रका जनताका लागि छुट्टाएको चामल खाद्य गोदाममै थन्किएको हो ।

चामल संस्थाको डिपोभरी भए पनि वितरण नभएपछि स्थानिय जन प्रतिनिधीहरु समेत रुष्ट बनेका छन् । नेपाल खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले भोकमरीबाट प्रभावित जनताका लागि पठाएको ४ हजार क्विन्टल चामल सम्बन्धित जिल्ला विकास समितिहरुले वितरण कार्ययोजना नबनाउँदा वितरण गर्न नसकिएको बताए ।

खडेरी प्रभावित सर्वसाधारणलाई पठाइएको चामल स्थानीय डिपोले गोठमा त्रिपालले छोपेर लामो समयसम्म राख्दा विग्रनसम्ने उनले बताए । खडेरीले भोकमारीको खतरा भएपछि सरकारले बंगलादेशले भूकम्पपीडितका लागि पठाएको चामल ती जिल्लामा पठाएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

]]>