देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रम मन्त्री बोहरा र मलेसियाका संशाधनमन्त्रीवीच भेटबार्ता

देशान्तर

रवि भट्ट

क्वालालम्पुर । तीनदिने मलेसिया भ्रमणमा आएका श्रम तथा रोजगार मन्त्री दिपक बोहराले यहाँका मानव संशाधन मन्त्री दातो रिचार्ड रिओट अनकजाइमसँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री बोहराले नेपाली श्रमीकहरुको समस्या समाधान तथा उनीहरुको हितमा मलेसिया सरकारले चाल्नु पर्ने कदम सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । मलेसियाली संशाधनमन्त्री दातो जाईमले मलेसिया सरकार नेपाली श्रमीकको हितमा सदैब सकारात्मक रहेको जवाफ दिएको भेटवार्तामा उपस्थित मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले जानकारी दिए ।

बैठकमा राजदूत डा. बस्न्यात, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्द मणि भुर्तेल, बैदेसिक रोजगार विभाग, प्रबद्र्धन बोर्ड, दूतावासका अधिकारीहरु तथा मलेसियाको तर्फबाट मानव संशाधन मन्त्रालयका उच्चपदस्त अधिकारिहरुको उपस्थिति रहेको थियो ।

यसैबीच, मन्त्री बोहराले मलेसियाको घर फिर्ति केन्द्रमा रहेका २९ नेपालीहरुलाई यहाँको विमास्थलबाट स्वदेशतर्फ विदाई गरेका छन् । नेपाली राजदूतावास मलेसियाको पहलमा बैदेसिक रोजगार प्रबद्र्धन बोर्डको सहयोगमा २९ नेपालीहरु ईपो पेराकस्थित घर फिर्ति केन्द्रबाट मंगलबार नेपाल फर्केका हुन् । हालसम्म घर फिर्ति केन्द्रमा रहेका मध्ये ५ सय ८६ जना नेपाल फर्किसकेको र अझै निशुल्क हवाई टिकट उपलब्ध गराई पठाईने नेपाली दूतावासद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।

]]>