देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फाले बर्खास्त पदाधिकारी पुनर्बहाल गर्ने

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले जेठ १९ गते बस्ने कार्यसमिति बैठकले बर्खास्तीमा परेका  तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाल गर्ने भएको छ ।

‘केन्द्रीय समिति बैठकबाट उहाँहरूलाई पुनर्बहाली गर्छौ,’ फिफा/एएफसीसँग जेठ १९ सम्मको समय मागेका थियौ,’ प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘त्यसमा दुबै निकायले सहमति दिएको छ। त्यही बैठकले पुनर्बहाली गर्नेछ।’

लगतार तीन बैठकमा अनुपस्थित भएको भन्दै असोज २१ मा बर्खास्तीमा परेका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई तथापंकज नेम्बाङलाई जेठ १० गते भित्र पुनर्बहाली गरिसक्न फिफाले वैशाख २७ मा एन्फालाई निर्देशन दिएको थियो। नागरिक दैनिकमा समाचार छ । 

]]>