देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमआरपी अब एकै दिनमा !

देशान्तर

काठमाडौं । मेसिन रिडेबल पार्सपोर्ट एमआरपी अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ। राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ ।

सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो। विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ।

‘अब सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको छ, द्रुत सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो लागेको छैन,’ विभागका महानिर्देशक लोकबहादुर चन्दले भने,‘सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य होइन, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास हो।’  आजको नेपाल समाचार पत्रमा समाचार छ । 

]]>