देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेमा गम्भिर विवाद, नेतृत्व नसच्चिए विस्फोट हुने चेतावनी

देशान्तर

काठमाडौं । एमालेका वरिष्ठ नेताले अध्यक्ष केपी ओली नसच्चिए पार्टीमा रहेको उकुसमुकुस विस्फोट हुनसक्ने चेतावनी दिएका छन् । अध्यक्ष ओली निरंकुश र अपारदर्शी ढंगले अघि बढेको उनीहरूको आरोप छ।

मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार गरेको कार्यशालामा नेता माधव नेपालपक्षीय नेता तथा कार्यकर्ता राजधानीमा भेला भएका थिए। उनीहरूलाई सम्बोधन गर्दै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीको कार्यशैलीले पार्टी एकता कमजोर र गुटबन्दी बढेको भन्दै नेतृत्वको आलोचना गरे । उनीहरूले नेतृत्व चुन्ने विधि नै परिवर्तन गर्नुपर्ने धारणासमेत राखेका थिए ।

कार्यशालामा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, जनसंगठनका पदाधिकारीसहित चार सय ५० नेता–कार्यकर्ता सहभागी रहेको केन्द्रका महासचिव ठाकुर गैरेले जानकारी दिए। आजका पत्रिकाहरु समाचार छ । 

]]>