देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग सम्झौता भएको छैनः प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् ।  संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका छन् ।

‘द्विविधा नराख्नुस्,कुनै सम्झौता भाएको छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन ।’ प्रधानमन्त्रीले संसदीय दलको बैठकमा भने । उनले सरकार बजेटपछि त फेरिने तर तर कुनचाहिँ बजेटपछि भन्न्े सहमति नभएको बताए ।

प्रधानमन्त्रीले भने–‘०७३ सालको यो बजेटपछि भने फेरिन्न । सायद ०७४ सालको बजेटपछि फेरिन्छ भनेको हो कि ? द्विविधा नराख्न र दृढतापूर्वक बजेटका पक्षमा उभिन म आग्रह गर्दछु ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>