देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक अनियमितता गरेको आरोपमा कुमारीघर विवाद

देशान्तर

काठमाडौं । जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् ।

उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी शाक्यको परिवारले महानगरक्षेत्रभित्र करोडौं मूल्यका तीनवटा घर बनाएका, ४ वटा मोटरसाइकल, नगद , सुन, चाँदी र गहना जोडी विदेशबाट समेत रकम लिएर आर्थिक अनियमितता गरेको निवेदनमा उल्लेख गरेको उल्लेख छ ।

मूल पुजारी उद्धव कर्माचार्यलगायतका पुजारीसँग सल्लाह नै नगरी मनपरी रुपमा कुमारीको पुजाआजा गर्ने गरेको आरेप निवेदनमा उल्लेख गरिएको छ ।

पुजारी परिवारले करिव दुई साताअघि गुठी संस्तानमा निवेदन दिएर कुमारीको समपूर्ण सम्पत्ति छानविन गर्न समेत माग गरेका छन् । चिताइदारले मनपरी रुपमा काम गरे नित्यलगायतका सम्पूर्ण पूजा रोक्न सक्ने मूल पुजारीले चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>