देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली–दाहालबीच दूरी बढ्यो

देशान्तर

काठमाडौं । वैशाख अन्तिम साता सरकार फेर्ने रणनीति सतहमा आएसँगै चिसिएको प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच थप दूरी बढ्दै गएको छ। उनीहरुबीच सोमबार विहान बालुवाटारमा भएको पौने घन्टाको चिया गफ पनि सोहार्द बन्न सकेन्।

दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध गरेका थिए। ओलीले भेटमा त्यसबारे जिज्ञासा राखे ।

स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरुप अब बाटो खोल्नुपर्ने अडान राखे । कान्तिपुर दैनिकमा समाचार छ ।

]]>