देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका भातृसंस्थाको पुर्नसंरचना आवश्यक छ: महामन्त्री कोइराला

देशान्तर

अमित अधिकारी 
टेक्सास । नेपाली कांग्रेसका भातृसंस्थाहरुको महाधिवेशनको चर्चा चलिरहेका बेलामा अमेरिका भ्रमणमा रहेका महामन्त्री डा संशाक कोइराला भातृसंस्थाहरुको पुर्नसंरचना आवश्यक रहेको भन्दै भातृसंस्थाको पुर्नसंरचनाका लागि पार्टीको महाससमिति बैठक बोलाउन जरुरी रहेको बताएका छन् । महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक बोलाउने बिषयमा सभापति शेरबहादुर देउवासंग आफुले कुरा गरेको समेत बताए ।  

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति टेक्सासले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले भने– ‘पार्टींका कतिपय भातृसंस्था तथा पार्टीका कतिपय संरचनाको औचित्य नै छैन् , कतिपय भातृसंस्थाका उद्देश्यहरु परिवर्तन आवश्यक छ, त्यसैले पार्टीको महासमिति बैठक बोलाएर यो बिषयमा छलफल गरिनुपर्छ । मैले सभापति जीसंग पनि यो बिषयमा कुरा गरिसकेको छु ।’ महामन्त्री कोइरालाले सभापतिले पार्टीको महासमितिको बैठक ६ महिना भित्र बोलाएर सवै बिषय टुंगो लगाउने बचन दिएको समेत बताए । ‘कति भातृसंगठनको विधान र कतिपय भातृ संगठनको त औचित्य सकिएको छ’ महामन्त्री कोइरालाले भने– ‘यो समस्या समधानका निम्ति महासमिति बैठक डाक्नुपर्छ ।’ 

वीपी पुत्र समेत रहेका महामन्त्री कोइरालाले कांग्रेसले थुप्रै पटक सरकारको नेतृत्व गर्ने अवसर पाएपनि पार्टी भित्र भ्रष्टचारले जरा गाँडेका कारण पार्टीको अस्तित्व संकटमा नै पर्दै गएको जिकिर गर्दै पैसा विना निर्वाचन जित्न नसक्ने अवस्थामा पार्टीका नेताहरु पुगेको बताए । 

महामन्त्री कोइरालाले कांग्रेस पनि एमाओवादी र एमालेजस्तै कम्पनिमा रुपान्तरण हुन लागेको चिन्ता व्यक्त गरे । कोइरालाले भने– ‘एमाले एमाओवादी भनेको संगठित रुपमा एनजिओ चलाउने, हाइड्रोपावरको, शिक्षा, स्वास्थ्यको व्यापार गर्ने कम्पनी हुन, तर कांग्रेसलाई यस्तोबाट जोगाउन जरुरी छ । कोइरालाले आफूले ५० लाख मासिक आम्दानी गर्न सक्ने जागिर छोडेर विचार र समर्पणका लागि राजनीतिमा लागेको र विपिको समाजवादलाई सदैव अनुशरण गर्ने प्रतिवद्धता  जनाउदै कांग्रेस सुधारेर छोड्ने प्रतिवद्धता व्यक्त गरे  । महामन्त्री पदमा पुगेपनि पार्टी सभापति बन्ने वा अन्य पदग्रहण गर्ने आफ्नो कुनै मनसाय नरहेको कोइरालाले स्पष्ट पारे । 

नेपालको भौगोलिक र सामाजिक अवस्थाका कारण नेपालमा संघियताको कार्यान्वयनमा अझै समस्या हरकेो कोइरालाको कथन थियो । उनले राज्यले जात र लिंगको आधारमा नभइ आवश्यकताका आधारमा आरक्षणको व्यवस्था गर्नुपर्ने बिचार व्यक्त गरे । कोइरालाले जनताले चाहे राजतन्त्र फर्किन सक्ने बताए । कोइरालाले भने–‘ राजतन्त्र जनताले फालेका हुन फेरि कुनै दिन जनताले चाहेका फर्कदै भन्ने हुँदैन ।’ हिन्दु राज्य घोषणा सम्बन्धमा सोधिएको जिज्ञासा महामन्त्री कोइरालाले पार्टीको धारण फरक भएपनि व्यक्तिगत रुपमा नेपाल हिन्दु राज्य भएको हेर्न चाहने बताए । 

 

]]>