देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको सभापतिमा देउवा निर्वाचित

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएको छन् । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका भएको  दोस्रो निर्वाचनमा उनले एक हजार ८२२ मत प्राप्त गरी नेपालको पुरानो पार्टीको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।

सभापति पदका अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । कुल मतदाता तीन हजार १४० मध्ये खसेको थियो । खसेको मत मध्ये २२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।  काँग्रेसको १०औँ महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा सुशील कोइरालासित पराजित भएका थिए ।

सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलो पटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको थियो । 

]]>