देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मस्को आक्रमणमा संलग्न दुई संदिग्ध पक्राउः अधिकारी

देशान्तर

काठमाडौं। रूसमा आतंकबादी हमला गर्ने २ जना पक्राउ परेका छन् । रुसी प्रहरीले मस्को आक्रमण गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको एक रुसी सांसदले बताएका छन् ।

बीबीसीका अनुसार संदिग्धहरूलाई मस्कोबाट करिब ३४० किलोमिटर (२१० माइल) दक्षिण पश्चिममा रहेको ब्रायान्स्क क्षेत्रमा कारको पछि लागेर  पक्राउ गरिएको थियो । प्रारम्भिक जानकारी उद्धृत गर्दै रुसी सांसद एलेक्सनाडर खिन्स्टाइनले सञ्चारमाध्यमलाइ भने । अन्य संदिग्धहरू नजिकैको जंगलमा भागेका र खोजी भइरहेको उनले जानकारी दिएका छन ।

मस्कोको एक कन्सर्टमा भएको गोलाबारीमा ५ जना संलग्न भएको फुटेजहरूमा देखिएको छ।  मस्कोमा शुक्रवार साँझ भएको हमलामा अहिलेसम्म ९३ जनाको ज्यान गइसकेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् ।