देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि प्रारम्भिक मतपरिणाम सार्वजनिक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रदेशबाट  निर्वाचित हुने सदस्यहरुका लागि शनिबार अपरान्हसम्म २ सय मत गणना भएको छ। जस अनुसार प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे ९३, भिष्मराज आङदेम्बे ७७ मतका साथ अगाडि छन्। त्यस्तै २ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना १००, रमेश रिजालले ९० मत पाएर अगाडि रहेका छन्।  
 
३ नम्बर प्रदेशबाट नवीन्द्रराज जोशी ८८ र रामनाथ अधिकारी ६७ मत ल्याएर अगाडि छन्। ४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई ८८ र देवराज चालिसे ८१ मत ल्याएका छन्। 
 
५ नम्बर प्रदेशबाट दीपक गिरीले १०२ र देवेन्द्रराज कँडेल ८५ मत ल्याएर अगाडि छन्। त्यस्तै प्रदेश नम्बर ६ बाट हृदयराम थानीले १०९ र जीवन बहादुर शाही १०१ मत ल्याएर अगाडि छन्। 
 
प्रदेश नम्बर ७ मा दिलेन्द्रप्रसाद बडुले १०४ र बीरबहादुर बलाएरले ८४ मत पाएर अगाडि रहेका छन्।  प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुने व्यवस्था छ। 
प्राराम्भिक मतपरिणाम यस्तो छ–

]]>