देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसका सबै पदको मतगणना सम्पन्न

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसमा १३ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सबै पदको मतगणना सम्पन्न भएको छ ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीका अनुसार केहीबेरअघि सम्पन्न प्रदेश केन्द्रीय सदस्यको मतगणनानुसार प्रदेश नं १ बाट गुरुराज घिमिरे एक हजार ३४० र भीष्मराज आङ्देम्बे एक हजार २०८ मत ल्याई विजयी भएका छन् ।

प्रदेश नं २ बाट आनन्दप्रसाद ढुङ्गाना एक हजार ४६१ र रमेश रिजाल एक हजार ४५७ मतसहित विजयी भएका छन् ।  प्रदेश नं ३ बाट नवीन्द्रराज जोशी एक हजार २२५ र मोहनबहादुर बस्नेत एक हजार ६७ मत ल्याई विजयी भएका छन भने प्रदेश नं ४ बाट गोविन्द भट्टराई एक हजार २९९ र सुरेन्द्रराज पाण्डे एक हजार २८६ मतसहित विजयी भएका छन् । प्रदेश नं ५ बाट दीपक गिरी एक हजार ४७२ र देवेन्द्रराज कँडेल एक हजार ३४७ मत, प्रदेश नं ६ बाट हृदयराम थानी एक हजार ६१२ र जीवनबहादुर शाही एक हजार ५२ तथा प्रदेश नं ७ बाट दिलेन्द्रप्रसाद बडू एक हजार ६०२ र वीरबहादुर बलायर एक हजार ३८९ मतसहित केन्द्रीय सदस्यमा विजयी भएको  समितिले जनाएको छ ।

 काँग्रेस विधानमा प्रत्येक प्रदेशबाट दुई जनाका दरले केन्द्रीय सदस्यको निर्वाचन हुने प्रावधान छ । तीन पदाधिकारी, २१ समावेशी र २५ खुला केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार १६१ मतमध्ये तीन हजार १४८ मत खसेको थियो । खुला २५ सदस्यका लागि ९० र सात प्रदेशको १४ स्थानका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए खुल्ला तर्फ सवैभन्दा बढि मत डा शेखर कोइरालाले पाएका छन् ।  
नवनिर्वाचित २५ केन्द्रीय सदस्यहरूले पाएको अन्तिम मत परिणाम यस्तो छः
 डा. शेखर कोइराला १८४८
 खुमबहादुर खड्का १८४६
 प्रकाशमान सिंह १७९५
 कूलबहादुर गुरूङ १७७३
 प्रदीप गिरी १७२५
 प्रदीप पौडेल १७०९
 बालकृष्ण खाँड १७०४
 धनराज गुरुङ १६९७
 रमेश लेखक १६८९
 पूर्णबहादुर खड्का १६८६
 बिमलेन्द्र निधि १६८०
 बलबहादुर केसी १६७४
 महेश आचार्य १७६९
 विश्वप्रकाश शर्मा १६२०
 सुजाता कोइराला १६१९
 रामशरण महत १६११
 एनपी साउद १५४७
 शंकर भण्डारी  १५४७
 ज्ञानेन्द्रबहादुर कार्की १५०२
 गोपालमान श्रेष्ठ १४९९
 चन्द्र भण्डारी १४९२
 प्रकाशशरण महत १४९१
 बद्री पाण्डे १४८५
 नारायण खड्का १४६४
 मिनेन्द्र रिजाल १४२०

 

]]>