देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नियमविपरीत ५ ग्यास उद्योग दर्ता सिफारिस

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले नियमविपरीत ५ ग्यास उद्योग दर्ता गर्न उद्योग विभागलाई सिफरिस गरेको छ । व्यवस्थापिका संसद्को निर्देशन र नियम सञ्चालक समितिकमो निर्णयविपरीत ती उद्योग दर्ताका लागि सिफारिस गरिएको छ ।

स्रोतका अनुसार निगमले आदित्नय, पूर्वेली, फेवा, कोसी र सगरमाथा ग्यास उद्योग दर्ताका लागि विभागमा सैद्धान्तिक सहमति पठाएको छ । विभागका अनुसार सैद्धान्तिक सहमतिका आधारमा आदित्य ग्यास दर्ता भइसकको छ । यो उद्योगका ३ सञ्चालकमध्ये एक राकेशकुमार साह पूर्व प्रधानन्यायधीश रामकुमार साहका छोरा हुन् । अर्को एक नयाँ उद्योग पनि दर्ता भइसकेको छ ।

बाँकी ३ प्रक्रियामा रहेको विभाग स्रोतको दावी छ । करिब ३ वर्षअघि निगम सञ्चालक समितिको बैठकले नयाँ उद्योग खोल्न सिफारिस नगर्ने निर्णय गरेको थियो ।  कारोबार दैनिकमा समाचार  छ । 

]]>