देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिश्चियन धर्म प्रवद्र्धनमा सांसदहरूको कोरिया भ्रमण

देशान्तर

काठमाडौं । सरकारको स्वीकृतिविनै शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल विभिन्न दलका १० सांसद लिएर बिहीबार दक्षिण कोरिया गएका छन् । सांसदको टोली मन्त्री ढकालकै संस्था युनिभर्सल पिस फेडेरेसनको खर्चमा क्रिस्चियन धर्म प्रवद्र्धन गर्ने कार्यक्रममा भाग लिन गएको हो । संसद् सचिवालयका सहसचिव रवि शर्मा अर्याल पनि टोलीमा छन् ।

कोरिया जाने सांसदहरूमा कांग्रेसबाट पार्वता डिसी चौधरी, ओमदेवी मल्ल र खड्गबहादुर बस्याल, एमालेबाट श्रीमाया थकाली, हरिप्रसाद उप्रेती र कृष्णभक्त पोखरेल, संघीय समाजवादी फोरमकी छाया शर्मा पन्त, नेकपा संयुक्तका जयदेव जोशी, परिवार दलका मिलनकुमार राजवंशी र नेकपा मालेकी कमला विश्वकर्मा छन् । एमालेले कार्यक्रममा सहभागी हुने–नहुनेबारे स्वविवेक प्रयोग गर्न निर्देशन दिएपछि तीन सांसद कोरिया गएका हुन् । कोरिया भ्रमणको सूचीमा रहेका प्रमुख सचेतक भानुभक्त ढकाल र सांसद डा. गणेश गुरुङ भने गएनन् ।

यसैबीच सियोलमा हुने कार्यक्रम क्रिस्चियन धर्म प्रवद्र्धनको भएको सार्वजनिक भएपछि एमाओवादीले आफ्ना सभासद्लाई कोरिया नजान निर्देशन दिएको थियो । एमाओवादीका कुनै पनि सांसद भ्रमणमा गएनन् । शान्तिमन्त्री एकनाथ ढकालले विभिन्न दलका १९ सांसदलाई धर्म प्रवद्र्धनको कार्यक्रममा कोरिया लैजान खोजेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>