देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको भारत भ्रमणमा २२ को सट्टा ४६ जना

देशान्तर

काठमाडौं । राष्ट्रप्रमुख र सरकारप्रमुखको भ्रमणलाई मितव्यी र व्यवस्थित बनाउन सरकारले जारी गरेको निर्देशिका प्रधानमन्त्री केपी ओलीको पहिलो विदेश भ्रमणमै उल्लंघन भएको छ । प्रधानमन्त्री केपी शमौ ओलीले शुक्रबारबाट हुन आफ्नो भारत भ्रमणमा सहभागी टोली निर्देशिकाविपरीत ४६ सदस्यीय बनाएका छन् ।

मंगलबार सााझ बसको मन्त्रिपरिषद् बैठकले ओलीको छ दिने भ्रमण टोलीमा रहेन ४६ जनाको नाम तय गरेको हो । सरकारी खर्चबाहेक जानको संख्या जोड्दा एक सय नाघ्ने आाकडा छ ।

सुशील कोइरालको मन्त्रिपरिषद्ले साउन १४ मा पारित गरेको निर्देशिकामा प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमण टोली १९ सदस्यीय हुने, अति  आवश्यक परे २२ जनासम्म हुने उल्लेख छ । नागरिक दैनिकमा समाचार छ ।

]]>