देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धनको मूल्य घटे पनि गाडी भाडा नघट्ने

देशान्तर

काठमाडौं । इन्धनको मूल्य घटे पनि सार्वजनिक सवारी साधनको भाडा दर नघटने भएको छ । तत्कालका लागि भाडा घटबढ केहि नहुने  यातायात व्यवस्था विभागले जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता बसन्त अधिकारीले अहिले वैज्ञानिक भाडा प्रणालीअनुसार सवारीसाधनको भाडा दर समायोजन गर्ने तयारी नभएको स्पष्ट पारे।  नेपाल आयल निगमले माघ ४ मा पेट्रोल प्रतिलिटर ५ रूपैंयाँ, डिजेल र मटितेल ६र६ रुपैंयाँ घटाएको थियो।

योसँगै अब पेट्रोल ९९ तथा डिजेल र मटितेल ७५ रुपैंयामा आएको छ। सरकारले अवलम्बन गर्दै आइरहेको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको मुल्य एक पटकमा ५ रूपैंयाभन्दा कम वा बढी भएमा भाडा दर नयाँ निर्धारण गर्ने भनिएको छ।

वैज्ञानिक भाडा प्रणाली अनुसार ३५ प्रतिशत इन्धन र बाँकी ६५ प्रतिशत सवारीसाधनका आवश्यक पर्ने विभिन्न पाटपुर्जा र मावनीय जनशक्तिको समेत समायोजन गरेर भाडा दर निर्धारण गर्ने भनिएको छ। २०६५ साल वैज्ञानिक भाडा प्रणालीलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थाले गरेको अनुसन्धानमा भाडाको वैज्ञानिक प्रणाली अपनाउदा इन्धनबाहेक चालक र सहचालकको तलब, कर, ग्यारेज, इस्योरेन्स, बनाउने खर्च, ब्याट्री, तेल, इन्धन र ब्याज दर आदिलाई आधार मानेर भाडा दर निर्धारण गर्ने भनिएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>