देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी हेडक्वार्टरबाट १९१ को दरबन्दी कटौती

देशान्तर

काठमाडौं । प्रहरी प्रधान कार्यालयका १८ डिएसपीसहित एक सय ९१ जना प्रहरीको दरबन्दी कटौती हुने भएको छ। पाँच वर्षको गृहकार्यपछि प्रहरी मूख्यालयमा रहेका अनावश्यक दरबन्दी कटौती गर्ने निर्णय भएको हो।

हेडक्वार्टरबाट डिएसपीसहितको दरबन्दी कटौती गरी तराईका जिल्लामा समायोजन गर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ।  दरबन्दी कटौतीका लागि प्रधान कार्यालयले गृह मन्त्रालयमा समेत प्रस्ताव पठाएको छ। अध्ययन प्रतिवेदनका आधारमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हेडक्वार्टरको दरबन्दी कटौती गर्ने प्रस्ताव स्वीकृत गरी गृह मन्त्रालयमा पठाइएको छ।

विभिन्न विभागका १८ डिएसपी, १८ इन्स्पेक्टर, २१ सइ, २६ असइ, ३३ हबल्दार, ७५ जवान र तीनजना कार्यालय सहयोगीको दरबन्दी कटौती गर्न लागिएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 

]]>