देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा सबैभन्दा भ्रष्ट नेता र सरकारी कर्मचारी

देशान्तर

काठमाडौं । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ। एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ। अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ।

सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए।सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएका छन्।  नागरिक दैनिकमा समाचार छ।

]]>